|
नायिका पुजना प्रधानले आफनो जीवनशैलीलाई नौलोपन दिन थालेकी छन् । हिजोसम्म केवल शो-पिसका रूपमा देखिँदै आएकी पुजना यतिखेर आफनो जीवनमा परिवर्तनका धर्का देखा परिसकेको बताउँदै छिन् र भन्छिन्- ँजीवनमा मैले नयाँ कुराको अनुभव गर्न थालेकी छु । जीवनलाई हर्ेने दृष्टिकोण परिवर्तन गर्न थालेकी छु । साँच्चै जीवन सोचेभन्दा रमाइलो र राम्रो लाग्न थालेको छ ।’
पुजनाको भनाइमा जीवन अनौठो यात्रा रहेछ । त्यही यात्राका क्रममा जानी-नजानी भूल गरिँदो रहेछ । जानेर होस् या नजानीकन गरेको त्यो भूलले नै जीवनलाई परिपक्व बनाउँदै लग्दो रहेछ तर त्यस्ता भूललाई दोहोर्याउनु हुँदैन ।
हाल जयसंगत समूहमा आबद्ध भएर सबैको जय गर्ने प्रयासमा लागेकी पुजनाको दिनचर्या बिहान ५ बजेबाटै शुरू हुने गर्छ । राजधानीको बत्तीसपुतलीस्थित जयसंगत आश्रममा बिहान ५ बजे नै पुगेर उनी अरूलाई ध्यान र योग सिकाउन क्रियाशील हुन थालेकी छन् ।
चलचित्र तस्वीरका नायक पुष्पराज पुरुषको संगतले जयसंगतमा पुगेकी पुजनाले जयसंगतबाट दीक्षा लिइसकेकी छन् । जयसंगतको मान्यताअनुसार आफनो नामको पछाडि पुरुषले पुरुष तथा स्त्रीले स्त्री लेख्ने परम्परालाई उनले पनि पालना गरिरहेकी छन् ।
हिजोआज आफनो नामपछाडि कसैले प्रधान भनेको उनी रुचाउँदिनन् । उनी आफूलाई पुजना स्त्री भनेको मन पराउँछिन् ।
भिन्नभिन्न मान्छेका नामपछाडि राखिने थर उसको ढोंगी परम्पराको उपज हो । म ठूलो र तिमी सानो भनेर जातिगत रूपमा मान्छेले मान्छेलाई हेप्ने भएकोले स्त्री र पुरुष मात्र राखिँदा साम्प्रदायिक विवाद पनि नआउने उनको तर्क छ ।
ँभोगविलासमा धेरै समय व्यतीत गर्ने सिनेकर्मीहरूलाई भोगी भनिएको होला । यसमा आफू धेरै टिप्पणी गर्ने पक्षमा छैन’ -उनले भनिन् । उनी अगाडि भन्छिन्- ँमान्छेको ब्रह्मले जे देख्छ त्यही भन्छ र जे चाहन्छ त्यही गर्छ । यसमा हामीले टाउको दुखाइरहनुको कुनै अर्थ देख्दिनँ ।’
दिउँसोको समय अक्सर उनी हर्बलको नेटवर्किङ बिजनेस र सिनेमाको अभिनयमा बिताउने गर्छिन् । बाँच्नका लागि बिजनेसतिर पनि हात हालेकी उनलाई त्यसबाट राम्रै कमाइ भैरहेको छ । तर सिनेमा अनि गीतको म्युजिकभिडियोको अभिनय अहिले उनका लागि वैकल्पिक पेसा मात्र भैरहेको छ ।
आठ वर्षगाडि चलचित्र हिरोमार्फ नेपाली सिनेमाको रंगीन दुनियाँमा पाइला टेकेकी उनलाई सोचेजस्तो सफलता भने मिलेको थिएन । केही वर्षसिनेमा लाइनबाट ब्रेकमा रहेकी पुजना साइबर नेपाल डटकमका लागि टु पिसमा फोटो सुट गरेपछि एकाएक चर्चामा आइन् । त्यसबारे उनी भन्छिन्- ँसोही फोटोले वर्ल्डमा नेपाली सेक्सी गर्लका रूपमा मलाई चिनायो तर यथार्थमा फोटोमा जति सेक्सी भने म छैन है ।’
केही महिनाअगाडि मात्र लमजुङबाट नागरिकता लिएकी उनले आफनो पिता गुरुङ रहेको पनि खुलासा गरिन् । वास्तविक घरठेगाना लमजुङ सदरमुकाम बेंसीशहर भएकी उनले नागरिकता लिनबाहेक अरू बेला बंेसीशहर नगएको अनौठो प्रसंग सुनाइन् । - श्याम स्मृत
|